शिक्षामा प्राविधिक विषय अनिवार्य हुनुपर्छ–कार्यबाहक मुख्यमन्त्री जमकट्टेल

जनपत्र
१६ बैशाख २०७६, सोमबार १९:३१

हेटौंडा / शिक्षकहरुले मेहनत गरेमा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा बृद्धी हुने आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । प्रदेश ३ को सामाजिक बिकाश मनत्रालय अन्तरगतको शिक्षा बिकाश निर्देशनालय हेटौंडाको आयोजनामा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरकृया कार्यक्रमका अबसरमा सहभागिहरुले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रदेश नम्बर –३ का कार्यबाहक मुख्यमन्त्री सालिकराम जमकट्टेलले शिक्षा प्रणाली आवश्यकता अनुसार नभएको भन्दै शिक्षा क्षेत्रमा विकास गर्न नसकेको स्वीकार्नु भयो ।

उहाँले अहिलेको अवस्थामा हेर्दा शिक्षाको प्रतिफल के छ ? भनेर शिक्षकहरुलाई प्रश्न गर्नुभएको थियो । शिक्षा क्षेत्रमा नीति योजना बनाउँदा कम्तिमा ५ वटा प्राविधिक विषय कृषि, पर्यटन, सहकारी लगायतका विषय अनिवार्य गरिनु पर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, “अबको हाम्रो शिक्षको कार्यक्रम भनेको गाउँपालिका केन्द्रित हुनुपर्छ । गाउँपालिकामा धेरै विद्यालय छन् । त्यस्ता विद्यालयमा पुस्तकालय, खेल्ने चौर, कम्प्युटर छैन ।” गाउ“पालिकाले शिक्ष्ाँमा लगानी गर्न उहाँले स्थानीय तहलाई अनुरोध गर्नुभएको छ । विकासको मोेर्डल परिवर्तन नभएसम्म विकास सम्भव नभएको भन्दै उहाँले परिणाममुखी काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले सामुदायिक बिद्यालयको शिक्षामा शिक्षक, अभिभाबक सबै मिलेर सुधार ल्याउन सकिने बताउनुभयो । शिक्षा क्षेत्रमा धेरै खालका सुधारको खाँचो रहेको उहाँको भनाइ छ । कार्यक्रममा प्रदेशका शिक्षा स्वास्थ्य तथा कृर्षि समितिका सभापति घनस्याम दाहाल, प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर एमुना कडेल, शिक्षा बिकाश निर्देशनालय हेटौंडाका निमित्त निर्देशक दिनेश कुमार श्रेष्ट लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*