बागमती सरकारले आज आगामी वर्षको नीति, कार्यक्रम प्रस्तुत गर्ने

जनपत्र
२७ जेष्ठ २०७८, बिहीबार ०७:२०

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आगामी वर्षका लागि वनाइएका  नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ ।

नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा कोरोनाको महामारीमा गरिने धेरै कामहरु समेतटिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले वताउनुभयो । आज दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले बताएको छ । यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेर छलफल भएको थियो ।

सोही आधारमा नीति तथा कार्यक्रम आउने सांसदहरुले अनुमान गरेका छन् । आगामी आर्थिक वर्ष २०७८७९ को बजेट भने असार १ गते प्रस्तुत हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*