हेटौंडामा फ्ल्याट भाडामा लिएर रक्सी, जुवा, तास खेलाउने देखि बालिका बलात्कार सम्म

हेटौंडा । हेटौंडामा कोठा भाडामा लिएर रक्सी खुवाउने देखि जुवा, तास खेलाउने देखि १५ वर्षिय बालिका बलात्कार सम्म काम हुने गरेको प्रहरी अनुसंधानबाट फेला पारिएको छ । हेटौंडाको मेनरोडमा तास खेल्दै गरेका पाँच जनालाई पक्राउ गर्दा यस्तो रहस्य खुलेको हो ।
तास खेल्दै गरेको अवस्थामा पक्राउ गर्न जाँजा त्यही फ्ल्याटको कोठामा रक्सी पीउने गरेको, कण्डम समेत भेटिएको, तास, जुवा खेलाउने गरिएको र किसोरीलाई बलात्कार गरेको सम्मका रहस्य खुल्दै गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो ।
हेटौँडामा जुवाको खालबाट पक्राउ परेकी युवतीले अरु ६ जनाका बिरुद्धमा जिल्ला प्रहरीमा आफुमाथी बलत्कार भएको भनेर जोहेरी दर्ता गराएकी छन् । १५ वर्षिय किशोरीले आफुलाई तास खेल्नेहरुले बलात्कार गरेको आरोप लगाएकी हुन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को एक घरबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका ब्यक्तिहरु विरुद्ध सोहि खालबाटै पक्राउ परेकी एकजना युवतीले बलात्कारको मुद्धा दायर गरेकी छिन् ।
पक्राउ परेका ६ जना बिरुद्ध बन्दक बनाएर बलात्कार गरेको भन्दै युवतीले मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालका अनुसार युवतीले आफुलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको उजुरीको आधारमा मुद्धा दायर गरिएको हो ।
प्रहरीले किशोरीको उजुरीको आधारमा पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसन्धान अघि बढाएको छ । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा मंगलबार हेटौैँडा ४ बाट ४० बर्षीय रुस्तम कोईराला, ५४ बर्षीय अमर प्रधान, ४० बर्षीय प्रकाश मानन्धर, ३३ बर्षीय बिनोद घर्ति र चितवन घर भएका ४४ बर्षीय सुरेश पौडेल तथा मुद्धा दायर गर्ने युवतीलाई पनि पक्राउ गरेको थियो ।
प्रहरीले घटनामा संलग्न भएको उजुरीका आधारमा ५० बर्षीय अख्तर हुसेनलाई पनि आज पक्राउ गरेको छ ।