भारतमा कोरोना संक्रमितमा किन बढिरहेछ कालो ढुसीको संक्रमण ?

जनपत्र
२६ जेष्ठ २०७८, बुधबार ०६:४६

हालसम्म भारतमा १२ सय जनामा कालो ढुसीको संक्रमण पुष्टि भएको छ । यीमध्ये अधिकांश कोरोना संक्रमणबाट ग्रसित बिरामीहरु छन् । मुख्य गरि कोभिड बिरामीमा देखिइरहेको यो संक्रमण दुर्लभसँगै निकै खतरनाक पनि पुष्टि भएको छ ।हालसम्म भारतमा भएको संक्रमणका आधारमा कालो ढूसीको मृत्यु दर ५० प्रतिशत पाइएको छ ।

जनस्वास्थ्यका विज्ञहरुका अनुसार भारतमा कालो ढुसीको संक्रमण बढ्नुको मुख्य कारण मधुमेह बताइएको छ । अधिकांश कालो ढुसीको संक्रमण देखिएका बिरामीहरुमा डायबेटिज ९मधुमेहको समस्या देखिएको भारतको तथ्यांकले देखाएको छ ।हालसम्म भारतसँगै विभिन्न ३८ देशमा कालो ढुसीको संक्रमण देखिएको छ । हाल कोभिड संक्रमण भएका देशहरुमा यो संक्रमण बढिरहेको छ। लिडिङ इन्टरनेसन फंगल एजुकेसन नामक संस्थाका अनुसार भारत र पाकिस्तानमा कालो ढुसीको संक्रमण बेर्षेनी १० लाख मानिसमध्ये १४० जनामा पाइएको छ ।

फंगल संक्रमणमा विज्ञ रहेका म्यानचेस्टर विश्वविद्यालयका चिकित्सक डा। डेभिड डेन्निङका अनुसार महामारी अघि पनि भारतमा निकै मात्रामा कालो ढुसीको संक्रमण थियो । उनी भन्छन्, ‘भारतमा यो संख्यामा कालो ढूसीको संक्रमण देखिनुको कारण यहाँ मधुमेहलाई गरिएको कमजोर उपचार र यसको मात्रा हो ।’

हाल विश्वभर नै कोभिड संक्रमणबाट निको भइरहेका बिरामीमध्ये कालो ढुसीको संक्रमण भएका ९४ प्रतिशतमा मधुमेहको समस्या देखिएको छ । र यीमध्ये ७१ प्रतिशत भारतमा मात्रै पाइएको छ ।

कार्जकिस्तानको अन्तराष्ट्रिय मेडिकल स्कुलमा कार्यरत डा। हरिप्रसाथ प्रसादका अनुसार भारतमा मधुमेहको नियमित चेकजाँच नहुनु र यसलाई नियन्त्रणमा ल्याउन उपयुक्त कार्यक्रम नहुनले बिरामीको संख्या बढिरहेको छ ।

उनी भन्छन्, ‘मधुमेहलाई ख्यालख्याल गर्दा यसले विभिन्न संक्रमणहरु निम्त्याउँछ । कालो ढुसी पनि यीमध्ये एक हो । भारतमा जुन मात्रामा मधुमेहका बिरामीहरु छन्, उनीहरुको नियमित उपचार छैन । यसले थप जोखिम बनाएको छ ।’

विज्ञहरुका अनुसार कालो ढुसी बढिरहेको अन्य कारणहरुमा कोभिड संक्रमणको उपचार प्रयोग भएका स्टेरोइडहरु हुन् । हाल मुख्यगरि डेक्सामेथासोन र मिथायलप्रेडनिसोलोन गरि दुई स्टेरोइडको प्रयोग भारतमा कोरोना संक्रमितको उपचारमा भइरहेको छ । यी बाहेक अन्य केही स्टेरोइडहरुको प्रयोग पनि भइरहेको छ । संक्रमण उच्च हुँदा चिकित्सकिय निगरानी बिनै ओषभधीको प्रयोग भइरहेको छ।

डा। डेन्निङका अनुसार चिकित्सकिय निगरानी बिना आफैंले प्रयोग गरिरहेका औषधीका कारण भारतमा कोभिड संक्रमितको कालो ढुसीको संक्रमण बढिरहेको हो ।

दुई हजार कोरोना संक्रमितमाथि प्रयोग गरि बेलायतमा भएको अध्ययनमा डेक्सामेथासोनले मृत्यु दरलाई घटाएको देखिएको थियो । उच्च तथा मध्यम रुपमा कोरोना संक्रमण देखिएका बिरामीमा यसले सकरात्मक प्रभाव पारेको थियो । तर, सामान्य संक्रमण भएका बिरामीमा भने यसले नकरात्मक असर देखाएको थियो । भारतमा भने डेक्सामेथासोनलाई घरमा आइसोलेसनमा बस्दा दिइने किटभित्रै समावेश गरेर सर्वसाधारणलाई दिइएको छ ।

डा। डेन्निङ भन्छन्, ‘अध्ययनबाट धेरै मात्रामा स्टेरोइडको प्रयोग गर्नु उपयुक्त नहुने देखिएको छ । भारतमा सन्दर्भमा यहि भएको हो । एकातिर मधुमेहको समस्या र अर्कातिर चिकित्सकिय निगरानी बिनै कोभिड उपचारमा प्रयोग भइरहेका स्टेरोइडले कालो ढुसीको संक्रमण बढाइरहेका हुन् ।’

बीबीसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*