कैलालीमा आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना पक्राउ

जनपत्र
२६ जेष्ठ २०७८, बुधबार ०६:४३

कैलालीमा आफ्नै साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका ४ बस्ने ३९ वर्षीय सोमबहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । लम्कीचुहा नगरपालिका( २ मोतीपुरस्थित पदमबहादुर बुढा क्षेत्रीको घरमा विगत १ महिनादेखी डेरा गरी बस्दै आएका ज्याला मजदुरीको काम गर्ने ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

टाउँकोपछाडि चोट रही मृत अवस्थामा फेलापरेका बुढाथोकीको घटना अनुसन्धान गर्दै जाने क्रममा घटनापश्चात फरार भएका सँगै डेरामा बस्ने उनलाई पक्राउ गरेको हो । बस्नेतलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले वीरेन्द्र सामुदायिक वनमा लुकीछिपी बसेको अवस्थामा आज पक्राउ हो ।

प्रहरीका अनुसार आइतबार बेलुकी मृतक बुढाथोकीसँगै बस्नेतले सोही डेरामा बसी घरेलु मदिरा पिएका थिए । पछि दुवैबीच विवाद हुँदा फलामको कर्नीले टाउकोमा हिर्काएर बस्नेतले बुढाथोकीको हत्या गरेको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनास्थलबाट कर्नीसमेत बरामद गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बुढाथोकीका आफन्तको अझै लाग्न नसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*