हेटौंडामा तास खेल्दै गरेका पाँच जना नगद रकमसहित पक्राउ

जनपत्र
२५ जेष्ठ २०७८, मंगलवार १७:००

हेटौंडा / मकवानपुर प्रहरीले निषेधाज्ञाको समयमा तास खेल्ने पाँच जनालाई मंगलबार पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.४ बैकरोडस्थित एकघरबाट नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रवक्ता जयश्वर रिमालका अनुसार उनीको साथबाट तीन बुकतास र नगद रु २८ हजार बरामद गरीएको छ । पक्राउ परेको ब्यक्तिको पहिचान खुलाउन नसकिने उनले बताए । प्रहरीले उनीहरुलाई म्याथ थप गरी कारवाहीको प्रक्रिया अगाडी बढाईएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*