कोरोनाबाट मकवानपुरमा एक जनाको मृत्यु, ७३ जना संक्रमित थपीए

हेटौंडा । मकवानपुरमा पछील्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्युस भएको छ । थप ७३ जनामा कोरो संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचारको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ कि ४१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार हालसम्म अस्पतालमा २७ महिला र ५० पुरुष गरी ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैगरी कोरोना जाँच गर्दा ७३ जनामा पुष्टि भएको हो । ४३ जनाको पीसीआर परिक्षणबाट र ३० जनाको एन्टीजेन परिक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।