नेप्से ५३ अङ्कले बढ्यो, ३६ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशत वृद्धि

जनपत्र
२५ जेष्ठ २०७८, मंगलवार १६:३८

काठमाण्डाै – शेयर बजारमा उछाल आउने क्रम मङ्गलवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से ५३ दशमलव ४४ अङ्कले बढेर २९ सय ६० दशमलव १४ विन्दुमा पुगेको छ ।

आज होटल, माइक्रोफाइनान्स र लगानीबाहेक सबै समूहको शेयर बढेको छ । विकास बैंक समूहको शेयर तीन सय ९८ अङ्कले, फाइनान्सको एक सय ८५ अङ्कले, बैंकिङ समूहको शेयर २०, व्यापारको १९, जलविद्युतको ५८, जीवन बीमाको ६ सय ६९, निर्जीवन बीमाको पाँच सय ५४, उत्पादनको एक सय २९ र अन्य समूहको शेयर ४५ अङ्कले बढेको छ ।

आज दुई सय १७ कम्पनीका तीन करोड ५७ लाख कित्ता शेयर १६ अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएकाे छ । विकास बैंक र फाइनान्स समूहका धेरैजसो कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लागेको छ । ३६ वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

समग्र बजार बढे पनि मेरो लघुवित्त, सामुदायिक लघुवित्त, महिला लघुवित्त र हिमाल दोलखा हाइड्रो कम्पनीको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*