भारतको महाराष्ट्रस्थित केमिकल कारखानामा आगलागी, कम्तिमा १८ मजदूरको मृत्यु

जनपत्र
२५ जेष्ठ २०७८, मंगलवार ०६:३३

भारतको महाराष्ट्र राज्यको पुणे शहरस्थित एक केमिकल कारखानामा आगलागी हुँदा कम्तिमा १८ जना मजदूरको मृत्यु भएको छ । सोमबार साँझ लागेको भीषण आगलागीमा परेर मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

बीबीसीका अनुसार आगलागी सुरु हुँदा सो कारखानामा ३७ मजदूर काम गरिरहेका थिए । भारतको फायर ब्रिगेड विभागका अनुसार अन्य बेपत्ता मजदुरहरुको खोजी जारी रहेको छ । फसेका मजदुरहरुलाई बचाउन अहिले कारखानाको पर्खाल जेसीबीले भत्काउने काम भैरहेको जनाइएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*