मनहरीको रमौलीमा बन्दैछ खेल मैदान

जनपत्र
२३ जेष्ठ २०७८, आईतवार ०८:४१

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ रमौलीमा मदन भण्डारी स्मृति खेलकुद मैदान निर्माणको काम भइरहेको छ । पहिलो चरणमा खेलमैलानको कम्पाउन्ड निर्माणको काम गरिएको हो ।

मनहरी गाउँपालिकाले खेल मैदान निर्माण गर्नका लागि डिपीआर तयार गरेपछी यसको काम सुरु गरिएको अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । पस्चिमी क्षेत्रको सबै भन्दा ठुलो खेल मैदानका रुपमा विकास गर्नका लागि मनहरी गाउँपालिकाले काम सुरु गरेको हो ।

२० विगाहा क्षेत्रफलमा फैलिएको खेलकुदका पूर्वाधार निर्माण गर्नका लागि ५४ करोड रुपैयाँ लागतमा निर्माण सक्नेगरी डीपीआर निर्माण गरिएको अध्यक्ष उप्रेतीले वताउनुभयो । तर, चालु आर्थिक वर्षमा भने ७० लाख रुपैयाँ लागतमा काम सुरु गरिएको छ ।

खेलमैदानको कम्पाउन्ड निर्माण गर्नका लागि बागमती प्रदेश सरकारले ४० लाख रुपैयाँ र संघीय सरकारले ३० लाख रुपैयाँ उपलब्ध गराएको र यसै अनुसार काम गरिएको मनहरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नबिन सुवेदीले जानकारी दिनुभयो । अहिले पनि खेलमैदानको कम्पाउन्ड निर्माणको काम भइरहेको उहाँले वताउनुभयो ।

हरेक वर्ष संघीय, बागमती प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको र खेलमैदान निर्माणको काम सक्ने सुबेदीले वताउनुभयो । यसलाई ३० हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्ने लक्ष राखिएको छ। उक्त प्रस्तावित रंगशालालाई मदन भण्डारी फुटबल रंगशाला नामाकरण गरिएको छ।

सुबेदीले पालिकाको महत्वपूर्ण योजनामध्ये रंगशाला पनि एउटा रहेको भन्दै रंगशाला निर्माणका लागि काम अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार करिब २५ देखि ३० हजार दर्शक क्षमताको रंगशाला बनाउने योजना पालिकाको छ। रंगशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*