बिश्व वातावरण दिवसका अवसरमा हेटौंडाका सडक पेटिमा बृक्षारोपण

जनपत्र
२३ जेष्ठ २०७८, आईतवार ०७:२८

हेटौंडा । बिश्व वातावरण दिवसका अवसरमा आज हेटौंडामा बृक्षारोपण गरिएको छ । ‘नयाँ सोच र सृजना प्राकृतिक प्रणालीको पुनस्र्थापना’ भन्ने नाराका साथ हेटौंडाका सडक पेटीमा बिरुवा रोपीएको हो ।

उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले फूलका बिरुवा रोपेर वातावरण दिवसको उद्घाटन् गर्नुभयो । वातावरण दिवसकै अवसरमा फूलहरु रोपेर हेटौंडालाई हरावरा बनाउने मेयर महतले वताउनुभयो ।

हेटौंडाको भैरबरोड र गर्दोइमा फूलका बिरुवा रोपएिको उहाँले वताउनुभयो । वर्षायाम पनि सुरु भएकाले अब हेटौंडाका धेरे सडकका पेटीमा फ्रूलका बिरुवा रोपीने उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*