म्यानमारमा फेरि हिंसा : एउटै गाउँमा २० जना मारिएको दाबी

जनपत्र
२३ जेष्ठ २०७८, आईतवार ०६:२९

म्यानमार सुरक्षा बल र गाउँलेहरूबीच झडप हुँदा २० जनाको मृत्यु भएको छ । म्यानमारको अयेरवाडी नदी किनार क्षेत्रमा सुरक्षा बलले हतियार खोजबिन गरिरहेको अवस्थामा शनिबार झडप हुँदा २० जनाको मृत्यु भएको रोयटर्सले स्थानीय मिडियाहरुलाई उदृत गर्दै जनाएको छ ।

सुरक्षाकर्मीहरुसँग स्थानीय गाउँलेहरु गुलेली र तीर जस्तै हतियार लिएर भिडेका थिए । म्यानमारको सरकारी मिडियाका अनुसार भने सुरक्षाकर्मीहरु देशदोह्रको आरोप लगाएका एक आरोपीलाई पक्राउ गर्न सो गाउँमा पुगेको र त्यस क्रममा ३ जना आतंकवादीहरु मारिएका जनाएको छ । सो क्रममा २ जना पक्राउ परेका छन् । घटनाबारे सैनिक सरकार प्रवक्ताले घटनाबारे केही बताएका छैनन् । रोयटर्सले भने मृत्यु हुने व्यक्तिका बारेमा स्वतन्त्र श्रोतहरुले पुष्टि गरिनसकेको बताएको छ ।

म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई नजरबन्दमा राखेर त्यहाँको सत्ता कब्जा गरेपछि पछिल्ला महिनादेखि आन्दोलन चर्किरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*