गुल्मीको मुसीकोटमा फैलिएको झाडापखाला नियन्त्रणमा

गुल्मी जिल्लाको मुसीकोट नगरपालिका–४, दजाकोटमा फैलिएको झाडापखाला नियन्त्रणमा आएका छ। दजाकोटमा वैशाख १० गतेदेखि झाडापखाल फैलिएको थियो। स्वास्थ्य कार्यालय गुल्मी र मुसीकोट नगरपालिको ¥यापिड रेन्पोन्स टिमसहित स्वास्थ्यकर्मीको टोली आवश्यक औषधि रोग नियन्त्रण तथा व्यस्थापन गर्न परिचालन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
हालसम्म १ सय ६७ जना झाडापखालाका बिरामीको उपचार भइसकेको र गत १४ गते १२ वर्षीय बालकको झाडापखालाको कारण मृत्यु भएको बताइएको छ। महाशाखाले ६ जना बिरामीलाई जिल्ला अस्पताल गुल्मीमा रिफर गरिएको र १ जना बिरामीको चितवनको भरतपुर अस्पतालको आइसियूमा उपचार भइरहेको जनाएको छ।