नाडाल फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा

जनपत्र
२३ जेष्ठ २०७८, आईतवार ०६:१६

स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । पेरिसमा शनिवार राति भएको खेलमा बेलायतका क्यामरुन नोरीलाई हराएर नाडालले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

विश्व नम्बर तीन समेत रहेका नाडालले नोरीलाई ६-३,६-३ र ६-३ ले पराजित गरे । १३ पटकको च्याम्पियन नाडालले अब इटालीका जानिक सिन्नरसँग खेल्नेछन् ।

महिलातर्फ साविक विजेता समेत रहेकी पोल्याण्डकी इगा स्विटेकले अन्तिम १६ मा स्थान बनाएकी छिन् । स्विटेकले एनिट कोन्टाभिटलाई ७-६(७-४) र ६-० ले पराजित गरिन् ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*