गौतबुद्धको एक प्रेरक प्रसङ्ग

महाकश्यप बुद्धका प्रिय शिष्य थिए । उनको त्याग भावना तथा ज्ञानबाट सन्तुष्ट भएर बुद्धले भने( महाकश्यप, तिमी आत्मज्ञानबाट पूर्ण दीक्षित भइसक्यौँ । तिमीसँग ममा भएको सबै चिज छ । त्यसैले अब यहाँबाट गएर ठाउँठाउँमा सत्सन्देश प्रचारप्रसार गर ।
बुद्धको कुरा सुनेर महाकश्यप निराश भए । उनले भने( गुरुदेव, यदि आत्मज्ञान प्राप्त हुने बित्तिकै मलाई तपाईंबाट टाढा हुनुपर्ने छ भन्ने कुरा पहिला नै थाहा भएको भए म यसलाई पाउने झञ्झटमै पर्दैन थिएँ । मलाई तपाईंसँगै बस्नु छ । तपाईंको चरणस्पर्श गर्न पाउनुमा प्राप्त हुने आनन्दबाट म कदापि वञ्चित हुन चाहन्नँ । म आफ्नो आत्मज्ञानलाई बिर्सन चाहन्छु ।
बुद्धले आफ्ना ती अनौठा शिष्यलाई अँगालो हाल्दै सम्झाए— तिमी ज्ञान बाँड्ने समयमा जहाँ पनि हुन्छौ मलाई आफूसँगै पाउनेछौ । मेरो हात सधैँ तिम्रो शिरमा रहनेछ । महाकश्यप बुद्धलाई प्रणाम गरेर ज्ञान बाँड्ने अभियानमा अगाडि बढे ।
साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट