सरकारले भित्र्याएका बिजुली बस ६ महीनादेखि ग्यारेजमै

काठमाडौं । विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न सरकारले भित्र्याएका पाँचओटा विद्युतीय बस ६ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ६ मा ती बसको सेवा शुरू गराउनुभएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषका लागि एशियाली विकास बैंकको रू. २ करोड १० लाख सहयोगमा ती बस नेपाल ल्याएको थियो । सबै बसका लागि मूल्य अभिवृद्धि कर र भन्सार महसुलमा छूट दिइएको थियो । साझा यातायातले सञ्चालन गर्ने भनिएका ती बस बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता सिमेक्स इन्कर्पोरेटेडले चीनबाट नेपाल ल्याएको थियो ।