मकवानपुरमा आजबाट निषेधाज्ञा केही खुकुलो, खाद्यान्न र तरकारी पसल खुले

जनपत्र
२१ जेष्ठ २०७८, शुक्रबार ०८:४३

हेटौंडा । मकवानपुरमा आजबाट निषेधाज्ञा केही खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसंगै यस अघि बन्द अवस्थामा रहेका खाद्यान्न र तरकारी पसल खुलेका छन् । दुध बिक्री गर्ने पसल समेत खुलेका छन् ।

बजार खुलेसंगै आज बिहान सामान खरिद गर्न आउनेहरुको लर्को लागेको थियो । ठाउँठाउँमा बसेका प्रहरीले सवारीका साधनलाई रोकेका थिए । जिल्लामा आजबाट १० दिन निषेधाज्ञाको अवधि थप भएको छ । जिल्लामा यही जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधाज्ञा केही खुकुलो बनाईएको हो ।

आजबाट मकवानपुरभर अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्न लगायतका पसलहरु ४ बजेबाट ९ बजेसम्म खोल्न पाइनेछ। तर, खोपेगल्ली र बसपार्कको तरकारी पसल तथा मण्डी र डिपार्टमेन्ट स्टोर्सहरु खेल्न पाईने छैन ।

यसअघि जारी भएको हेटौंडाको मुख्य बजार क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय आजबाट हटाइएको छ । बैठकले बैंक तथा मनिट्रान्सफरहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको तीन दिन आइतबार, मङ्गलबार र विहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन हुने छन् ।

यसैगरी कामदार कर्मचारीलाई उद्योग परिसरमै राख्ने र खाने व्यवस्था मिलाएर वा घरबाटै लाने ल्याउने व्यवस्था गरेर उद्योग सञ्चालन गर्न सक्ने छन् ।

No photo description available.

No photo description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*