‘कालाे ढुसी’ काे सङ्क्रमणबाट सेती अस्पतालमा एक जनाकाे ज्यान गयाे

जनपत्र
२० जेष्ठ २०७८, बिहीबार १५:४७

कैलाली – कैलालीको सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकरमाइकोसिस) को सङ्क्रमणबाट एक जनाको ज्यान गएकाे छ । कालाे ढुसीकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेमा कैलालीको बर्दगोरिया गाउँपालिका ६ का ६५ वर्षीय पुरष रहेको अस्पतालले जनाएको छ ।

जेठ १७ गते भर्ना भइ पीसीआर परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आए पनि ती पुरुषकाे आज बिहान ७ बजे ज्यान गएकाे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले उज्यालाेलाई जानकारी दिनुभयाे ।

कालो ढुसीको सङ्क्रमणले बिरामीको आँखाबाट प्रवेश गरी शरीरका स्नायुमा आक्रमण गर्दै ज्यान नै जाने गराउने श्रेष्ठले बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*