देशभक्त मोर्चाको हेटौंडामा दबाब कार्यक्रम, २५ बुँदे माग

हेटौंडा / राष्ट्रियताका बिभिन्न नारा लगाउँदै आज प्रदेश नम्बर–३ सरकारका कार्यबाहक मुख्यमन्त्री शालिकराम जमरकठ्टेललाई ज्ञापन पत्र बुझाइएको छ । हेटौंडा बजारमा ¥याली निकालेर २५ बुँदे मागमा नारा लगाउँदै माग प्रस्तुत गरिएको थियो । ब्यानर, नारा, जुलुस सहितको ¥यालीले प्रदेश सरकार मार्फत संघिय सरकारलाई ज्ञापनपत्र बुझाएको हो । देशभक्त जनगणतान्त्रिक मोर्चाले आज जम्कट्टेललाई ज्ञापन पत्र बुझाएको हो ।
बिभिन्न माग राख्दै नाराबाजी गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेको मोर्चाले मूख्यमन्त्रीमार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । मोर्चाका प्रदेश अध्यक्ष पवनमान श्रेष्ठ र सचिव शिव श्रेष्ठले २५ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा भारतसरकारले प्रकाशन गरेको नेपालको नक्सा तुरुन्त खारेजगरी नेपालको वास्तविक नम्सा प्रकाशन गर्नुपर्ने, नयाँ निशान छाप बनाई प्रयोगमा ल्याउनुपर्ने, कालापानी लगाएत नेपाली भुभागमा रहेका भारतीय सेनालाई अविलम्ब नेपाली भूमीबाट फिर्ता गराउनुपर्ने, राष्ट्रघाती नागरिकता विद्येयक खारेज गर्नुपर्ने प्रदेशको राजधानी जनतालाई पाएक पर्ने स्थानमा राखिनुपर्ने लगायतका मागहरु समावेश गरिएका छन् ।
त्यसैगरी निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारबाही गर्नुपर्ने, विप्लव समुहमाथी लगाईएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने, आपसी सहायता ऐन र सम्पति सुद्धिकरण ऐन खारेज गरिनुपर्ने, वाईडवडी जहाज प्रकरणमा भएको भ्रष्टाचारको मूख्य दोषि पत्ता लगाई कारबाही गर्नुपर्ने, पत्रकारलाई समाचार लेखेकै आधारमा साइबर कानून लगाई गिरफ्तार गर्ने थुनछेक गर्ने कार्य अबिलम्ब बन्द गरिनुपर्ने लगाएतका माग समावेश गरिएका छन् । मोर्चाले आज प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कानूनमन्त्री एवम् कार्यबहाक मुख्यमन्त्री जम्कट्टेललाई ज्ञापन पत्र बुझाएको हो ।