आईफोन त्यागेर एन्ड्रोइड फोन रोज्ने बढ्दै

एप्पलका उत्पादन प्रयोग गर्ने २६ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा प्रतिस्थापन भएको नयाँ प्रतिवेदन फेला परेको छ । एप्पलले प्रयोगकर्तालाई हरेक सर्भिस किन्नुपर्ने बाध्यत्मक नीति लागू गरेसँगै प्रयोगकर्ता एन्ड्रोइडमा ‘सिफ्ट’ भइरहेको पाइएको छ ।
हरेक सर्भिसका लागि पैसा बुझाउनुपर्ने भएसँगै पैसा बचाउने उद्देश्यका साथ प्रयोगकर्ता आईफोनबाट एन्ड्रोइडमा गइरहेको एउटा अध्ययनले देखाएको हो । इपिक गेम र एप्पलबीच अदालतमा सुनुवाई हुने क्रममा पेश गरिएको एप्पलको आन्तरिक डकुमेन्टका आधारमा यस्तो तथ्य बाहिरिएको हो ।
यसअन्तर्गत एक चौमासिकदेखि अर्को चौमासिकको अवधिमा झण्डै २६ प्रतिशत आईफोन प्रयोगकर्ता एन्ड्रोइडमा सिफ्ट भएको देखाइएको छ । सन् २०२० को पहिलो चौमासिक र दोस्रो चौमासिकमा सबैभन्दा बढी आईफोन प्रयोगकर्ता एन्ड्रोइडमा गएका छन् । टेकपाना