न्यायमा पहुँच बढाउन अगाडि बढे भीमफेदीका महिलाहरु

जनपत्र
१५ बैशाख २०७६, आईतवार १७:२१

हेटौंडा / मकवानपुरका धेरै महिलाहरुको अझै सम्म पनि न्यायमा पहुँच कमै मात्र रहेको पाईएको छ । न्यायमा पहुँच पु¥याउनका लागि पछिल्ला समयमा केही गतिबिधिहरु पनि हुँदै आएका छन् । अहिले स्थानीय तहमा संचालनमा आएका न्यायिक समितिले न्यायमा महिलाहरुको पहुँच पु¥याउनका लागि काम पनि गर्दै आएका छन् । न्यायमा पहुँच पुग्नुपरयो भन्दै भिमफेदीका महिलाहरु जुर्मुराउन थालेका छन् ।

महिलाहरुको न्यायमा पहुँच पु¥याउनका लागि नारी सिप सृजना केन्द्र मकवानपुरको आयोजान तथा ओपन सोसाइटीको साझेदारीमा मकवानपुरको भिमफेदी गाउँपालिकामा महिलाकोे लागि समानता र न्याय भन्ने परियोजना अन्तरगत न्यायमा महिलाको पहुँचको अबस्था बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सहभागी महिलाहरुले न्यायमा पहुँच पुग्न नसकेको गुनासो गरेका छन् । अब न्यायमा पहुँच पुग्नका लागि स्थानीय तह लाग्नुपर्ने उनीहरुले बताएका छन् । नारी सिप सृजना केन्द्र मकवानपुरका अध्यक्ष उमा सुबेदीको अध्यक्षता तथा भिमफेदी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक पार्बती रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागि महिलाहरुले राखेका प्रश्नमा जिल्ला कानुनी सहायता समितिका अधिबक्ता अप्सरा बस्नेत, भिमफेदी गाउँपालिका वडानम्बर २ का वडाअध्यक्ष काशीराम बज्यु, ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी सहयाक निरीक्षक अमृत कुमार चौधरी, माईती नेपाल मकवानपुरका कार्यक्रम संयोजक माया लामा, नारी सिप सृजना केन्द्रका कार्यक्रम संयोजक सम्झना गोले लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*