भिमफेदी झिरघारीका भुकम्प पीडितको पिडा, चारबर्ष देखि टहरामै बास

जनपत्र
१५ बैशाख २०७६, आईतवार १०:५८

भिमफेदी /  मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर ९ झिरघारीका वासिन्दाहरु अझै पनि अस्थायी टहरोमानै बस्न बाध्य भएका छन् । बिनासकारी भुकम्प गएको चार बर्ष बिती सक्दा पनि झिरघारीका वासिन्दाहरु अस्थायी जस्तोको टहरोमानै बस्न बाध्य भएका छन् । भुकम्पका कारण घर ढले पछी फेरी घर निर्माण गर्नका लागि भिरालो र जोखिम युक्त जमिन भएका कारण सरकारले दिएको अनुदानमा घर निर्माण गर्नका लागि समस्या भएको झिरघारीका स्थानीय हरि रुम्बा बताउनुहुन्छ ।

अहिले पनि यहाँका अधिकांश घरहरु जस्ताले छाउने मात्र होईन । बार्नका लागि पनि यसैको प्रयोग गरिएको छ । त्रिभुवनराजपथ अन्तरगत पर्ने झिरघारीमा बिनासकारी भुकम्पमा परेर तीन जनाको मृत्यु भएको थियो । त्यती बेला जेनतेन अस्थायी टहरा बनाएका स्थानीय वासिन्दाहरु जमिन भासिने डरले अझैपनि पक्की घर बनाउनुको सट्टामा अस्थायी टहरामा बस्नका लागि बाध्य भएको स्थानीय वासिन्दाहरुले बताएका छन् । प्राबिधिकहरुले निरीक्षणपछी झिरघारीमा घर निर्माण गर्नका लागि समस्या भएको बताएका छन् । ‘गाउँका सबै घर भत्किएका छन, दुम्सीडाँडा नै चिरा–चिरा भएर फुटेको छ,’ स्थानीय ईश्वर मुक्तानले बताउनुभयो । दुम्सीडाँडा, अघोर, झिरघारी, कटुघारी गाउँका जमिन नै भासिएपछि ज्यान बचाउनका लागि गाउँले जम्मा भएर अस्थायी बास बनाउन लागेको मुक्तानले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*