पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्ने एमालेको निर्णय

जनपत्र
१८ जेष्ठ २०७८, मंगलवार १५:१८

काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मङ्गलवार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीकाे स्थायी कमिटी बैठकले  एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको पार्टी प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

यसअघि एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो भने अरू १२ जना नेतालाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएका १२ जना नेताले जवाफ नदिएपछि उनीहरूमाथि थप कारबाही गर्ने तयारी भइरहँदा हिजो बेलुकी दुवै पक्षका दोस्रो तहका नेताबीच एकताका लागि थप पहल गर्ने समझदारी बनेको थियो ।

त्यही समझदारीअनुसार १२ जना नेतामाथिको कारबाही तत्काललाई रोकिएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*