संक्रमितको शव जलाउने घाटमा फोहोर थुप्रिएपछि स्थानीयको विरोध

जनपत्र
१७ जेष्ठ २०७८, सोमबार १९:४६

पोखरा । कोरोना संक्रमितको शव व्यवस्थापन गरिने पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा फोहोर बढेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।

सुरुमा संक्रमितको शव सुरक्षित रुपमा गाडेर व्यवस्थापन गर्ने सहमति भए पनि अहिले शव जलाउने गरिएको र घाटमा फोहोरको थुप्रो लागेको भन्दै स्थानीय बासिन्दा रुष्ट बनेका हुन् ।

घाट वरपर अव्यवस्थित ढंगले पीपीई, मेडिकल पञ्जा र शवलाई बाँधिएको डोरीको थुप्रो लागेको र त्यसलाई सुरक्षित व्यवस्थापन नगरिएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

‘पहिले गाड्नको लागि मात्रै भनियो । तर, अहिले आएर लापरवाही गर्न थाले । जलाउन थाले,’ उनले भने, ‘त्यहाँको फोहोर व्यवस्थापन गर्न महानगरले टिम पनि बनाएको छ । तर, काम भएको छैन ।’

घाटको फोहोर व्यवस्थापन गर्न महानगरले एक महिनाअघि नै टिम बनाइसकेको र जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई पनि खबर गरिसकेको तर, कुनै कदम नचालिएको वडाध्यक्ष कार्कीको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*