वाग्मती प्रदेश सरकारले फिर्ता लियो मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने निर्णय

जनपत्र
१७ जेष्ठ २०७८, सोमबार १८:२०

हेटौंडा : वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकम फिर्ता लिने निर्णय गरेको छ।

प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्।

नेकपा (माओवादी केन्द्र) ले फाउन्डेसनलाई सहयोग गरिएको रकम फिर्ताको माग राख्दै सातौँ अधिवेशनको बैठक अवरुद्ध गरेको थियो। यो अधिवेशनको सुरुवातमै सरकारले रकम फिर्ता लिने निर्णय गरेको हो।

‘मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकमबारे माओवादी केन्द्रले आपत्ति जनाउँदै प्रदेशसभा अवरुद्ध गर्दा ध्यानाकर्षण भएको छ,’ पौडेलले भने, ‘यसर्थ फाउन्डेसनलाई दिइएको रकम ५० लाख फिर्ता गरिएको छ ।’

यसअघि बैशाख ७ गते नेकपा माओवादीको अवरोधपछि वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगित गरिएको थियो। प्रदेश सरकारले कार्यविधि, मापदण्ड र पूर्वाधारबिना नै विद्युतीय बस खरिद गर्नुअघि चार्जिङ सेन्टर लगायतका विषयमा प्रकृया अघि बढाएको र आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले संसद अवरुद्ध गरेका थिए। पहिलो पोस्टबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*