मकवानपुरमा थप एक सय जनामा कोरोना पुष्टि, १४९ जनाले कोरोना जिते

जनपत्र
१७ जेष्ठ २०७८, सोमबार १५:४२

हेटौंडा । मकवानपुरमा आज थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्यमा एक सय ४९ जनाले कोरोनालाई जितेका छन् । पीसीआर परिक्षणबाट ४६ जना र एन्टीजेन परिक्षणबाट ५४ जनामा कोरोना पुष्टि भएको हो । आज ३ सय ६५ जनामा पिसिआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा थप एक सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी थाहा नगरपालिका भित्रका रहेका छन् । थाहामा आज ३९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरि हेटौंडाका २९ जना,मनहरीका १४ जना,कैलाशका ७ जना,मकवानपुरगढीका ६ जना र भीमफेदीका गाउँपालिका भित्रका ५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ८ हजार ६ सय ६२ पुगेको कार्यलयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*