मकवानपुरमा फ्रन्टलाइनमा खटिनेलाई दोस्रो डोज खोप लगाइदै

जनपत्र
१६ जेष्ठ २०७८, आईतवार ०८:४३

हेटौंडा । मकवानपुर जिल्लामा अग्रपंतिमा खटिएर काम गर्नेलाई बिगत तीन दिन देखिबाट खोप लगाउँदे आइएको छ । नागरिकको सेवामा अग्रभागमा खटिदै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थय स्वयंसेविकालाई खोप लगाइदै आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

तीन दिनमा तीन सय जनालाई खोप दिइएको उहाँले वताउनुभयो । खोपको मात्र थोरै मात्र आएकाले पहिलो पटक खोप लगाएका स्वास्थ्यकर्मीलाई समेत खोप लगाउन बाँकी रहेको छ ।

अहिले दोस्रो खोपमा कर्मचारी र सुरक्षाकर्मीले लगाइसकेका छन् । अब नेपाली सेना, पत्रकार, स्वास्थ्यकर्मी लगाएतकालाई लगाउन बाकी रहेको उहाँले वताउनुभयो । सरकारले दोस्रो डोज खोप पुरै नपठाउँदा समस्या भएको र आइसकेपछी सबैलाई लगाउने उहाँले वताउनुभयो । यसअघि फागुनमा खोप लगाइसकेकालाई खोप लगाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*