मदन भण्डारी राजमार्गले पायो ३ अर्ब २० बजेट

काठमाडौं । सरकारले मदभण्डारी राजमार्गका लागि ३ अर्ब २० बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो आयोजनाका लागि सो बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।
उनले हेटौं–सिन्धुली–धरान खण्डको निर्माण आगामी आथिउृक वर्ष भित्र सकाउने बताएका छन् । त्यसभन्दा पूर्वको खण्डको निर्माणको काम पनि आगामी वर्षमा अघि बढाउने बजेटमा उल्लेख छ ।