हेटौंडाको गौरिटार आइसोलेसनलाई स्वास्थ सामाग्री र दुध सहयोग

हेटौंडा । जिल्ला युवा समिती मकवानपुरको समन्वयमा अनेरास्ववियु र राष्ट्रिय युवा नेपालले गौरिटार आइसोलेसनलाई स्वास्थ सामाग्री र दुध उपलब्ध गराएको छ । गौरिटार आइसोलेसनमा रहेका कोरोना संक्रमितको लागि स्टिमर र दुधको आबस्यक्ता रहेको जानकारी प्राप्त भए लगत्तै जिल्ला युवा समितीको समन्वयमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु मकवानपुरले २० थान स्टिमर, १५ दिन सम्म प्रत्येक दिन १० लिटरका दुध र सेनिटाइजर उपलब्ध गराएको जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालले बताउनु भयो ।
हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशसभा सदस्य माननीय जुनेली श्रेष्ठ र जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलालले यो विषम परिस्थितिमा कोरोना महामारी बिरुद्द सबै एकजुट भै अगाडि बढ्नुको बिकल्प नभएको बताउदै सरकारलाइ सबैले आफ्नो आफ्नो क्षेत्रबाट साथ दिएर अगाडि बढन अनुरोध गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपालका स्थाइ कमिटी सदस्य सन्तोष चौलागाईंले देश समस्या रहेको बेला सृजनसिल कार्यको सुरुवात नै युवाहरुले गर्ने भएकाले सामाजिक उत्तरदायित्वको अभियान संचालन गरेको बताउनुभयो । उहाँले कोरोना महामारी बिरुद्द सबै युवा एकताबद्ध भै अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो । एकजुट भै अगाडि बढ्नुको बिकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य सुनिल मोक्तान, राष्ट्रिय युवा संघ नेपालका स्थाइ कमिटी सदस्य सन्तोष चौलागाईं, जिल्ला युवा समितीका अध्यक्ष शिबहरि दाहाल, हेटौंडा उपमहानगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहि, अनेरास्ववियुका केन्द्रिय सदस्य किसन घिसिंङ, राष्ट्रिय युवा संघका केन्द्रिय नेताहरु नरेन्द्र भण्डारी, बिश्वराज राइ, नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण लामिछाने, नेकपा एमाले हेटौंडा नगरकमिटीका सचिवालय सदस्य तथा युवा नेता राजेश नगरकोटि, एमाले नेता बिष्णु चौलागाईं, मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल ब्यबस्थापन समितीका सदस्य उत्सब चौलागाईं लगायतकाको उपस्थिति रहेको थियो ।
स्वास्थ्य सामाग्री र दुध, बागमती प्रदेश सभा सदस्य माननीय जुनेली श्रेष्ठ तथा जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलालले आइसोलेसनलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।