मकवानपुरमा थप २०२ जनामा कोरोना संक्रमण

मकवानपुरमा २ सय २० जनाले जिते कोरोना
जनपत्र
१४ जेष्ठ २०७८, शुक्रबार १६:२९

हेटौंडा । मकवानपुर जिल्लामा आज थप २ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परिक्षणबाट एक सय ४८ जना र एन्टीजेन परिक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा दश वटा स्थानीय तहका नागरिक र बाहिरी जिल्लामा नागरिकमा परिक्षण गरिएकोमा २ सय २ जनामा कोरोना पुष्टि भएको हो । परिक्षण गरिएका मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।

मकवानपुरमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा थप २ सय २० जनाले कोरोना जितेका छन् ।

होम आइसोलेसनबाट २ सय १२ जना र आइसालेसनबाट ८ जना गरि थप २ सय २० जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

आज कोरोना जित्नेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १ सय ७६ जना रहेका छन् । यसैगरि मनहरी गाउँपालिका भित्रका १६ जना,थाहा नगरपालिका भित्रका १३ जना,भीमफेदी गाउँपालिका भित्रका ५ जना,मकवानपुरगढी गाउँपालिका भित्रका ४ जना,बकैया गाउँपालिका भित्रका ३ जना,ईन्द्रसरोबर गाउँपालिका भित्रका २ जना र बागमती गाउँपालिका भित्रका एक जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ५ हजार ८ सय ९३ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरको कोरोना सम्वन्धी रिपोर्ट यस्तो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*