मनहरीमा नारी सीपको एक दिने अभिमुखिकरण सम्पन्न

जनपत्र
१४ बैशाख २०७६, शनिबार १८:२१

मनहरी गाउँपालिकामा नारी सिप सृजना केन्द्र नेपालले एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । नारी सीप केन्द्रको अगुवाईमा गठन गरिएको ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानिय समिति‘ लाई अझ थप प्रभावकारी र सशक्त बनाउन अभिमुखिकरण कार्यक्रम संचालन गरिएको कार्यक्रम संयोजक ज्योति भोम्जनले जानकारी दिएका छन ।
कार्यक्रममा मानव बेचविखनका कारणहरु, स्वरुपहरु र मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ मा उल्लेख गरिएका कानुनि व्यवस्थाको बारेमा कार्यक्रम संयोजक ज्योति भोम्जनले सहजिकरण गरिएको थियो । कार्यक्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानिय समितिको काम कर्तव्य र अधिकारको विषयमा अझ प्रष्ट पार्नुभएको थियो । साथै मनहरी गाउँपालिकाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा बजेट छुट्याई मानव बेचविखन तथा ओसारपसार न्युनिकरणको लागी योजना बनाई कार्य गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*