मकवानपुरमा थप १५१ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा । मकवानपुर जिल्लामा पछील्लो २४ घण्टामा थप १ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर जाँचबाट ९९ जना र एन्टीजेन्ट परिक्षणबाट ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमित हुनेहरु सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । हेटौंडामा मात्र पीसीआर परिक्षणबाट ७६ जनामा कोरोना पुष्टि भएको छ ।
मकवानपुरमा आज थप १ सय ९९ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा जिल्लाभर होम आइसोलेसनबाट १ सय ८२ र आइसोलेसनबाट १८ गरी थप १ सय ९९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ५ हजार ६ सय ८१ जना पुगेको छ ।