ज्योति माविमा साहित्यिक प्रशिक्षण

जनपत्र
१२ जेष्ठ २०७८, बुधबार १७:२४

ज्योति माध्यमिक विद्यालय हर्नामाडिको अयोजनामा बुधबार अनलाइन साहित्यिक प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । काव्य विधा अन्तर्गतका कविता, गजल र मुक्तक केन्द्रित साहित्यिक प्रशिक्षणको सहजीकरण कवि तथा साहित्यकार सुवास खनालले गर्नुभएको थियो ।

९० जना व्यक्तिहरूको सहभागीता रहेको उक्त कार्यक्रममा विद्यालयका शिक्षक , अभिभावक तथा विद्यार्थीहरू उपस्थित रहेका थिए । नियमित शिक्षण बाहेक विद्यालयले हरेक हप्ता सिकाइ सहजीकरणअन्तर्गतको एक र अतिरीक्त क्रियाकलाप अन्तर्गतको एक गरी दुईवटा कार्यक्रम सञ्चालन गर्ने र त्यसअन्तर्गत सिकाइ सहजीकरण कार्यक्रमका निम्ति खनालले काव्य विधा अन्तर्गत साहित्यिक विधागत प्रशिक्षणको सहजीकरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको संयोजन विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष रम्तेलले ज्योति माध्यमिक विद्यालय सिर्जनात्मक गतिविधि सञ्चालनका निम्ति सधैँ तत्पर रहेको बताउनु भयो । साथै सहायक प्रधानाध्यापक चौलागाईँले विद्यालयले परीक्षाफल पनि अनलाइन माध्यमबाट प्रकाशन गर्न सफल भएको र नयाँ शैक्षिक वर्षका कक्षाहरू पनि अनलाइन माध्यमबाटै सञ्चालनमा आइसकेको जानकारी गराउनु भयो ।

कार्यक्रममा अङ्ग्रेजी विभागीय प्रमुख उमेश पराजुली र शिक्षक सुलोचना घलानले मन्तव्य राख्नुभएको थियो । साथै विद्यालयकी छात्रा दृष्टि धिमालले अङ्ग्रेजी भाषाको कविता वाचन गरेकी थिइन् । कार्यक्रममा शिक्षकहरू अनु रोक्का ,अश्विनी अर्याल, जीवन गुरुङ , युवराज लोप्चन , सपना माल्बुले लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*