थाहानगरमा आलु खेति फष्टाउँदै, खेतका फाँटमा आलुको हरियाली

जनपत्र
१४ बैशाख २०७६, शनिबार १५:०९

थाहानगर / मकवानपुरको थाहा नगरपालिकाको पालुङमा आलु खेति निकै फष्टाएको छ । किशानको मेहनत अनी मौसमले समेत साथ दिएकाले अहिले आलु खेति निकै फष्टाएको हो । अहिले हरेकका बारी र खेतमा आलुका बोट हरियो देख्न सकिन्छ । किशानहरु आलु गोढ्ने, औषधि छर्कने लगायतका काममा ब्यस्त पनि छन् ।
थहा नगरका बिभीन्न टोल र गाउँका सबै फाँटमा आलु खेतिले पुरै पालुङलाई थप सुन्दर समेत बनाएको छ । थाहा नगरपालिकाका हरेक क्षेत्रमा आलु खेति गरेका किशानहरु यसबर्ष आलु उत्पादनमा थप बृद्धी हुनेमा मख्ख समेत छन् । अहिले समय समयमा पानी पर्ने, मौसमले पनि साथ दिएकाले आलु उत्पादनमा बृद्धी हुन सक्ने उनिहरुको अनुमान छ ।

बेमौसमी तरकारी उत्पादनका लागि प्रसिद्ध मकवानपुरको पालुङ आलु उत्पादनका लागि थप उर्वरभूमि मानिन्छ । यस वर्ष समयमै पानी परेपछि पालुङमा आलुको उत्पादन बढ्ने कृर्षि बिज्ञहरुको अनुमान छ । थाहा नगरपालिकाको टिस्टुङ–पालुङ र चित्लाङका उर्वर फाँटहरुमा परम्परागत गहुँखेती लगायत अन्न खेति विस्थापित हुँदैगएको छ ।
यस क्षेत्रमा व्यवसायिक तरकारी खेती भित्रिएपछि आलु र काउलीखेतीले गहुँखेती र अन्य अन्त बालीलार्ई विस्थापन गरेको किशानहरु बताउँछन् । अरु खेतिको तुलनामा अहिलेको आलु खेतिले सहज भएको पालुङका किशान स्याम गोपाली बताउनुहुन्छ ।

यस अघिका बर्षहरुमा पनि अरु अन्न बालीले जग्गा मात्र ओगट्ने र तरकारी बालीभन्दा धेरै कम आम्दानी हुने भएपछि विगत ५ वर्षदेखि नै अन्न खेतिको तुलनामा तरकारी र आलु खेति गर्न लागिएको बज्रवाराही, कुन्छालका कृषक सानुकाजी गोपाली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, अबको जमानामा बाबुबाजेले जस्तो परम्परागत हिसाबले खेती गरेर समय र मेहनत खेर फाल्नु हुँदैन ।

जग्गा बाँझो राख्न नहुने मान्यताले गर्दा मात्र किशानहरु, धान मकै लगायतका खेति गर्दै आएका छन् । अहिले बेमौसमी रुपमा पनि आलु, काउली, टमाटर लगायतका तरकारी बालीलाई बढी प्राथमिकता दिएको किशानहरु बताउँछन् । यहाँका किसानले आपm्नो खेतमा उत्पादित आलु र काउली बेचेर वार्षिक लाखौं रुपैयाँ हात पार्ने गरेका छन् । स्थानीय व्यापारी हाताहाती नगद बोकेर घरघरमै आलुकाउली किन्न आउने भएपछि किसान पनि दंग छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*