मकवानपुरमा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१० जेष्ठ २०७८, सोमबार १७:३६

हेटौँडा/ मकवानपुरमा आज कोभिड–१९ (कोरोना भाइरस) बाट १ सय ८१ जना संक्रमित भएका छन् । मकवानपुरको दशैवटा स्थानीय तहमा आज गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणको रिर्पोट अनुसार १ सय ८१ मा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । आजै २ जनाको समेत मृत्यु भएको छ । आज कुल २ सय ८३ जनामा परिक्षण गरिएको थियो ।

कार्यलयका अनुसार आज ९४ जनाको पिसिआर माध्यमबाट जना र एन्टिजेनबाट ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहुनेहरु सबैभन्दा धेरै हेटौँडा उपमहानगरपाििलकाको रहेका छन् । यहाँ १ सय ५ जनामा संक्रमण पुष्टि भएको हो भने थाहा नगरपालिकामा ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरि मनहरी गाउँपालिकामा २० जना, बागमती गाउँपालिकामा ९ जना, बकैया गाउँपालिकामा ४ जना, मकवानपुरगढी गाउँपालिकामा ४ जना, राक्सिराङमा २ र भीमफेदी र कैलाश गाउँपालिकामा १–१ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म मकवानपुरमा ७ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल मकवानपुरमा २ हजार ४ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

आजै संक्रमणको कारण हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाको १–१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मकवानपुरमा १६३ जनाले कोरोना संक्रमणलाई जितेका छन् । हालसम्म मकवानपुरमा कोरोना जित्नेको संख्या ५ हजार २ सय पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*