हेटौंडा अस्पतालमा उपचारको क्रममा तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु

हेटौंडा । हेटौंडा अस्पतालमा गएराती र आज बिहान गरेर तीन जना कोरोना भाइरसका संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । एक जनाको एमेरजेन्सीमा र अरुको आइसीयुमा उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।
मृत्युहुनेहरुमा हेटौंडाउपमहानगरपालिका वडा नम्बर–६ का ७४ बर्षीय एक पुरुष, हेटौडा उपमहानगरपालिका वडा नम्बर–११ का ६० बर्षीय एक पुरुष र रौतहट चन्द्रपुर–१ का ४६ बर्षीय एक पुरुष गरी ३ जनाको मृत्यु भएको हो । तीनै जना ५ र ६ गते हेटौंडा अस्पतालमा उपचारका लागि आएको उहाँले वताउनुभयो ।