मकवानपुरमा १२ जना बालबालिका सहित थप २०५ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
४ जेष्ठ २०७८, मंगलवार १३:५७

हेटौंडा । मकवानपुर जिल्लामा आज १२ जना बालबालिका सहित थप दुइ सय पाँच जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टिहुनेहरुमा सबै भन्दा धेरै पुरुष रहेका छन् । पुरुषहरु एक सय २४ जना संक्रमित भएका छन् भने महिलाहरु ८१ जना संक्रमित भएका हुन् ।

संक्रमित भएकाहरु सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका रहेको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

संक्रमित हुनेहरु मकवानपुरगढी, थाहा नगरपालिका, भीमफेदी र मनहरी गाउँपालिका र बाहिरी जिल्लाका रहेका छन् । कुल ३ सय ७४ जनाले स्वाब दिएकोमा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यही जेठ एक र २ गते दिएको स्वाबको आज रिपोर्ट आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*