हेटौंडामा हुने राष्ट्रियसभा उपनिर्वाचनः बादललाई मतदान गर्न महासचिव पोखरेलद्वारा ह्वीप जारी

हेटौंडा । हेटौंडाको भुटनदेवि माध्यमिक बिद्यालयमा हुने राष्ट्रियसभा उप निर्वाचनमा एमालेका उमेदवार तथा गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्नका लागि ह्वीप जारी गरिएको छ । नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई मत दिन ह्वीप जारी गर्नु भएको हो ।
बागमतीमा एमालेको तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा (बादल)लाइ मत दिन उहाँले प्रदेश सभाका सदस्य तथा स्थानीय तहमा निर्वाचित एमालेका जनप्रतिनिधिलाई ह्वीप जारी गर्नु भएको हो ।
‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रामबहादुर थापा मगर भएको जानकारी गराईन्छ,’ पत्रमा भनिएको छ, ‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते बिहान ९ बजे देखि ३ बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु ।’