काेराेना राेकथाम र उपचारका लागि कर्णाली प्रदेशले छुट्यायाे झन्डै १४ कराेड

जनपत्र
३ जेष्ठ २०७८, सोमबार ०७:००

कर्णाली प्रदेश सरकारले कोभिड नियन्त्रण र उपचार सामग्री खरिदका लागि झन्डै १४ करोड रुपैयाँ तत्काल खर्च गर्ने गरी रकम छुट्याएको छ। जेठ २ गते बसेको प्रदेश मन्त्री परिषद्को‍ बैठकले सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णयसमेत गरेको छ।
प्रदेश सरकारले अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनको लागि ६ करोड ३५ लाख रुपैयाँको स्रोत सुनिश्चित गर्दै खर्चका लागि सहमति दिएको छ।

यसैगरी, रेमडिसिभरलगायतका औषधि खरिदका लागि १ करोड, अक्सिजन कन्सनट्रेटर खरिदका लागि ५ करोड ४५ लाख र कोभिड बिरामीको हवाई उद्धारका लागि १ करोड छुट्याउने निर्णय प्रदेश मन्त्रिपरिषदले गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*