एकैपटक ६ हजार ६४८ कोरोना संक्रमित उपचारपछि निको, निको हुने दर ७४.७ प्रतिशत

जनपत्र
३ जेष्ठ २०७८, सोमबार ०६:५६

आइतवार थप ६ हजार ६ सय ४८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार सो संख्यामा कोरोना संक्रमित निको भएका हुन् ।

यो हालसम्मकै धेरै निको भएकाहरूको संख्या हो । यस दिन संक्रमितको निको हुने दर ७४।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*