६० वर्षीय लक्षिबहादुर काठमाण्डौबाट २ हप्तादेखि बेपत्ता, खाेजी गरिदिन आग्रह

जनपत्र
२ जेष्ठ २०७८, आईतवार १९:०६

काठमाण्डौ – धनकुटा घर भइ काठमाण्डाै महानगरपालिका १० कपन बस्दै आएका ६० वर्षीय लक्षिबहादुर पिठाकोटे मगर दुई हप्तादेखि हराइरहनुभएको छ ।

गएको वैशाख १७ गते कपनको आकाशेधाराबाट हराइरहेको र अहिलेसम्म सम्पर्कमा नआएको उहाँको छोरा तेजबहादुर पिठाकोटे मगरले बताउनुभएको छ । लक्षिबहादुरले खैरो रङ्गको ट्र्याक र सेतोमा कालो धर्के टिसर्ट लगाएको र मानसिक अवस्था ठिक नभएको छोरा तेजबहादुरको भनाइ छ ।

कसैले देखेमा ९८४११८१९८४, ९८१८३७९४६४ र ९८५१०७६८२५ मा सम्पर्क गरिदिन छोरा तेजबहादुरको आग्रह छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*