हेटौंडाका तीन जना महिला र एक जना पुरुषको कोरोना संक्रणका कारण मृत्यु

जनपत्र
२ जेष्ठ २०७८, आईतवार १२:१३

हेटौंडा। हेटौंडा उपमहानगरपालिका क्षेत्रका थप ४ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । हिजो बेलुका र आज बिहान गरेर ४ जनाको मृत्यु भएको हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेले वताउनुभयो ।

उनीहरु चारजनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चार जना मध्यमा तीन जना महिला र एक जना पुरुष रहेको उहाँले वताउनुभयो ।

मृत्युहुनेमा हेटौंडा–१४ कि ७४ वर्षीया महिला, हेटौंडा–१४ की ४८ बर्षीया महिला, हेटौंडा–८ की ६१ बर्षीया महिला र हेटौंडा–२ चौकीटोलका ६४ बर्षीय एक पुरुष गरी ४ जना कोरोना संक्रमित बिरामी मृत्यु भएको हो ।

।मृतक चारै जना वैशाख २६ गते यता कोरोना पोजेटिभ पुष्टिभएका बिरामी हुन । स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएका थिए । उनीहरु श्वासप्रश्वासमा समस्या भएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । ‘मृतक सबैमा अन्य रोग पनि थियो । विशेष गरी श्वासप्रश्वासमा समस्या थियो,’ अस्पतालका कोभिड फोकल पर्सन डा काफ्लेले भन्नुभयो। उहाँका अनुसार अस्पतालको कोभिड वार्ड पूर्णरुपमा संक्रमितको चापले भरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*