हेटौंडाका १९ वटा वडामा चल्ने अटो एम्बुलेन्सले गाउँका बिरामीलाइ सहज

अटो एम्बुलेन्सका लागि हेटौंडा उपमहानगरपालिकाले व्यक्तिगत सुरक्षाका सामाग्री प्रदान गरेको छ ।
जनपत्र
२ जेष्ठ २०७८, आईतवार ०९:४९

हेटौंडा । हेटौंडाका १९ वटा वडामा संचालित अटो एमुलेन्स सञ्चालन भएपछी गाउँबाट कोरोना संक्रमित र अरु बिरामी ल्याउनका लागि सहज भएको छ । एम्बुलेन्सको पर्खाइमा बस्नुपर्ने समस्या पनि हटेको र सस्तोमा पनि बिरामीलाई अस्पताल सम्म् ल्याउन र अस्पतालबाट घरसम्म लैजानका लागि सहज भएकोमा बिरामी र उनका आफन्त खुसी भएका हुन् ।

अटो एम्बुलेन्सका लागि उपमहानगरपालिकाले व्यक्तिगत सुरक्षाका सामाग्री प्रदान गरेको छ । १९ वटा वडामा ३८ जना अटो एमुलेन्सका चालकलाई कोरोना संक्रमित बिरामी ओसार्नका लागि सहज होस भन्ने उदेस्यले ब्यक्तिगत सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो । अटोका चालकहरुलाई पीपीइ सेट हस्तान्तरण गरिएको हो ।

अहिले १९ वटै वडाका गाउँ गाउँबाट कोरोना भाइरसका संक्रमितहरुलाई अटो एमुलेन्सले कोरोनाका बिरामी अस्पताल सम्म ल्याउने र अस्पतालबाट घर सम्म लैजादै आएका छन् । उपमहानगरपालिकाले पनि दुइवटा एम्बुलेन्स निशुल्क रुपमा संचालन गरिरहेको छ ।
कोभिड संक्रमित विरामीलाई ओसारपसार गर्नका लागि हेटौंडामा अटोलाई एम्बुलेन्सको रुपमा सञ्चालनमा ल्याईएको हो ।

बिहीबारबाट हेटौंडा उपमहानगरका १९ वटै वडामा सञ्चालन हुनेगरी प्रत्येक वडामा २ वटा अटोलाई एम्बुलेन्सको रुपमा सञ्चालनमा ल्याइएको हो। कोरोना संक्रमित तथा अन्य विरामीलाई मध्यनजर गर्दै अटो एम्बुलेन्स संचालनमा ल्याइएको मकवानपुरका हो । प्रत्येक वडामा २–२ वटाको दरले ३८ वटा अटोलाई केहि स्वरुप परिवर्तन गरि अटो चालकलाई पिपिई सेट प्रयोग गराई अटो एम्बुलेन्स सञ्चालन गरिएको छ ।

हेटौंडा उपमहानगरको व्यवस्थापन र अटो व्यवसायीहरुको सहकार्यमा यो सेवा सुरुवात गरिएको जनाइएको छ । बैशाख २७ गते बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञालाई कडाई गर्दै हेटौंडाका १९ वटै वडा कार्यालयको समन्वयमा अटो एम्बुलेन्स संचालनमा ल्याउने निर्णय गरेको थियो।अटो एम्बुलेन्स संचालनमा आएपछी बिरामीलाई अस्पताल लैजान सहज भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*