हेटौंडाको गौरीटार आइसोलेसनमा ७३ जनाले सेवा लिए, डाक्टर सहितको सेवा पाउँदा संक्रमित खुसी

जनपत्र
२ जेष्ठ २०७८, आईतवार ०९:०४

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाद्वारा संचालित गौरीटार आइसोलेसबाट आज सम्ममा ७३ जना कोरोना संक्रमितले सेवा लिएका छन् । कोरोना संक्रमणका सामान्य विरामीलाई गौरीटार आइसोलेसनमा राखिदै आएको छ ।

अरु गम्भिर खालका बिरामीलाई हेटौंडा अस्पातलको आइसीयु र एचडीयुमा राखिदै आएको छ । गौरीटारमै केहीलाई अक्सिीजन समेत दिएर उपचार गरिदै आएको छ । कोरोनाको पहिलो लहरमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गौरीटार रंगशालाको आवास गृहमा आइसोलेसन सञ्चालन गरेको भएपनि कोरोनाको दोस्रो लहरको सुरुवात देखिनै उपमहानगरपालिकाले आइसोलेसन सुरु गरेको हो ।

उपमहानगरपालिकाले कोरोनाका बिरामीलाई खान, बस्न र उपचार समेतको व्यावस्था गरिएको र यसबाट सेवा लिनेहरु दिनहु बढ्दै गएको मेयर हरि बहादुर महतले वताउनुभयो । आइसोलेसनमा डाक्टर सहितको सेवा पाउँदा आफुहरु खुसी भएको कोरोना संक्रमितहरुले वताएका छन् । गौरीटोरको आइसोलेनसमा डाक्टर, नर्स, अनमी, अहेबहरुले दिनरात नभनीकन सेवा दिइरहेका छन् ।

गौरीटार आइसोलेसनबाट २९ जना डिस्चार्ज भएका छन् भने ११ जनालाई अन्यत्र अस्पतालमा रेफर गरिएको छ । गौरीटार आइसोलेसनमा कुनैपनि बेलामा बिरामीलाई अस्पताल लौजन वा घरबाट आइसोलेसनमा ल्याउनका लागि भनेर निशुल्क एमुलेन्सको व्यावस्था गरिएको मेयर महतले वताउनुभयो ।

गौरीटार आइसोलेसमा एक सय जना सम्म कोरोना संक्रमित राख्न मिल्ने भएपनि अहिले भने ३२ जना बिरामी मात्र रहेका छन् । आइसोलेसनको अनुगमनका क्रममा उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*