हेटौंडामा अक्सिजन उद्योग सञ्चालन गर्न सर्वपक्षीय छलफल

जनपत्र
२ जेष्ठ २०७८, आईतवार ०७:५४

हेटौंडा । कोरोना भाइरस संक्रमीत गम्भिर खालका बिरामीको लागि दिनहु अक्सिजनको अभाब भएपछी यस उद्योग सञ्चालन गर्नका लागि सबैक्षेत्र सक्रिय भएर लागेका छन् । हेटौंडामा अक्सिजन उद्योग सञ्चालनका बिषयमा उपमहानगरपालिका कार्यालयमा छलफल भएको छ । छलफलपछी हेटौंडामा केही दिनभित्रमानै अक्सिजन उद्योग सञ्चालनका लागि सबै पक्ष लागिपर्ने वताएका छन् ।

उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा भएको छलफलबाट हेटौंडामा अक्सिजन उद्योग सञ्चालन गर्नकाल लागि सबै क्षेत्र उक जुट भएर लाग्ने निर्णय समेत भएको छ । अस्पतालमा गम्भिर अवस्थामा रहेका कोरोना संक्रमित बिरामीलाई अक्सिजनको अभाब भएका कारण समस्या बढ्दै गएकाले यसको उद्योग स्थापना गर्नका लागि सबे पक्ष एकजुट भएर लागिएको मेयर महतले वताउनुभयो ।

अक्सिजन उद्योग स्थापना गर्नका लागि हेटौंडाका निजी क्षेत्र समेत तयार भएका छन् । यसमा जग्गा उपलब्ध गराउन र आवस्यक समन्वय गर्नका लागि उपमहानगरपालिका तयार रहेको छ । निजी क्षेत्रले भने सरकारी निकायको साझेदारीमा अक्सिजन उद्योग खोल्ने र त्यसमा समस्या भएमा आफुहरुनै खोल्नका लागि अन्तिम चरणमा पुगेको वताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाई, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं, उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेल लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*