मकवानपुरमा थप दुइजना कोरोना संक्रमितको मृत्यु

जनपत्र
१ जेष्ठ २०७८, शनिबार ११:११

हेटौंडा । मकवानपुरमा आज दुइजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुइजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । हेटौंडा अस्पतालमा मृत्यु हुनेमा हेटौंडा–४ कि ७३ वर्षीय महिलाको रहेको हेटौंडा अस्पतालका कोभिड–१९ फोकल पसर्सन डाक्टर सागर काफ्लेले वताउनुभयो ।

उहाँको आज बिहान उपचारको लागि मृत्यु भएको अस्पतालले जनाएको छ। यसैगरी हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ का वर्ष ७७ को एक वृद्धाको मृत्यु भएको छ । उहाँको राक्सिराङ गाउँपालिका वडा नमवर ५ स्थित चैनपुरको कोभिड अस्पतालमा शुक्रबार साँझ साढे ७ बजेको समयमा मृत्यु भएको मनहरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक वृद्धाको आफ्नै छोरा उक्त अस्पतालमा स्वास्थ्यकर्मी भएका कारण उहाँलाई सोही उपचार गराइरहेको र उपचारको क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*