टेरेनन् प्रहरीको आदेश, संक्रमितकै पसलबाट सामान विक्री वितरण

जनपत्र
१ जेष्ठ २०७८, शनिबार ०६:०९

हेटौंडा / हेटौंडा १८ हर्नामाडीस्थित ठुलोदमारका एक किराना तथा होलसेल पसलका दुई व्यक्तिमा कोरोना पुष्टि हुदांसमेत सामानहरु विक्री वितरण भईरहेको पाईएको छ । रचयिता सप्लायर्सका संचालकमा बैशाख २८ गते बुधबार कोभिड १९ पोजिटिभ देखिएको थियो । कोरोना पोजेटिभको रिर्पोट तीनदिन अघि आईसक्दा पनि भित्रीबाटोबाट पसल सञ्चालन भईरहेको स्थानियको आरोप छ ।

वडा प्रहरी कार्यालय ठुलोदमारका असई रामनारायण यादबले पसल संञ्चालन गर्ने आमा र कान्छी छोरीमा पोजिटिभ देखिएको तर श्रीमानको भने नेगेटिभ रिजल्ट आएको बताए । सप्लायर्सका प्रोप्राईटरले यसअघि सरकारले तोकेको समयभन्दा फरक समयमा व्यापार व्यवसाय गरि पटक पटक निषोधाज्ञा तोड्ने कार्य गरेको भन्दै पसल बन्द नगरे कारवाही अघि बढाईने असई यादबले जानकारी दिए । वडाध्यक्ष अनिल बानियाँले कोभिड पोजिटिभ दुबैलाई गौरिटारस्थित आईसोलेशनमा पठाईसकिएको जनाए ।

उनले अहिलेलाई सम्झाई बुझाई गरि पसल बन्द गर्न निर्देशन दिईएको र पुनः अवज्ञा गरे प्रक्रियागत रुपमा कारवाही गर्ने बताए । बानियाँका अनुसार कारोना पोजिटिभकै घरबाट पसल संचालन भैरहदा महामारी फैलने स्थितीलाई रोक्न भोली शनिबारबाटै केहि समयका लागि पसल सञ्चालनमा पूणर् रोक लगाइएको बताए । वडा नम्बर १८ का ठुलोदमार, रामधुनी, बड्कुले, गुम्बाडांडा, खड्कुले लगायतका क्षेत्रमा उक्त पसलबाट विभिन्न साना तथा खुद्रा पसल एवं घरायसी प्रयोजनका लागि सामानहरु विक्रीवितरण हुदैं आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*