नेपाली सेनाको ट्रकमा हेटौंडा अस्पतालमा आइपुग्यो अक्सिजन

जनपत्र
३१ बैशाख २०७८, शुक्रबार १६:३८

हेटौंडा । अक्सिजन अभाबका कारण कोरोना भाइरसस संक्रमणका बिरामीको ज्याननै जोखिममा भएको समयमा आज दिउसो नेपाली सेनाको ट्रकमा अक्सिजन ल्याइएको छ ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा अक्सिजन अभाव भएकाले नेपाली सेनाको ट्रकमा आज दिउसो अक्सिजन ल्याएको हो । अक्सिजन अभाबकै कारण अस्पतालमा रहेका ४० जनाभन्दा बढी गम्भीर अवस्थाका कोरोना संक्रमितसहितका बिरामीको जीवन जोखिममा परेको थियो ।

अक्सिजन अभावमा हुन सक्ने जोखिमलाई मध्यनजर राखेर अक्सिजन भएका स्वास्थ्य संस्थामा बिरामी पठाउन थालिएको प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाईले वताउनतुभयो । दिनमा २ सय ४० सिलिन्डर अक्सिजन आवश्यक पर्छ,’ प्रसाईंले भन्नुभयो–‘४ दिनदेखि अस्पतालले विभिन्न तवरबाट अक्सिजन व्यवस्थापन गरेको थियो, हिजोबाट ठूलो समस्या पर्‍यो ।’

उद्योगहरुले अक्सिजन आपूर्तिमा असमर्थता जनाएपछि हिजैदेखि अस्पतालले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्रीहरु, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव महेश्वर न्यौपाने लगायतलाई समस्याबारे जानकारी गराएको थियो । मुख्यमन्त्रीको पहलका आधारमा ज्योती समूहको भाजुरत्न इन्जिनियरिङले दैनिक सय सिलिन्डर आपूर्ति गरिरहने प्रतिवद्धता जनाएको थियो ।

बिहीबार साँझ मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई नै उद्योग सञ्चालकले दैनिक हेटौंडा अस्पतालका लागि सय सिलिन्डर अक्सिजन दिन तयार रहेको बताएका थिए । त्यसैगरी बारा र पर्साबाट पनि थप सिलिन्डर ल्याउने अस्पतालको योजना थियो । दिउँसो १ बजेसम्म सिलिन्डरहरु आइपुग्नुपर्ने हो, तर अहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले आफ्नै जिल्लामा अभाव रहेकाले थप सिलिन्डर बाहिरी जिल्लामा नपठाउने निर्णय गरेको भन्दै उद्योग सञ्चालकहरु पन्छिएपछी समस्या भएको हो ।

उहाँका अनुसार अक्सिजन व्यवस्थापनबारे मुख्यमन्त्रीदेखिको सबै सम्बद्ध पक्षले पहल गरेकाले तत्कालको संकट टार्न भन्दै सेनाको गाडी बारामा अक्सिजन लिएर आएको छ । उहाँका अनुसार बिरामीलाई चितवन पठाउन खोजिए पनि चितवनमै बेड अभाव भएकाले सम्भव नभएको जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*