पुनर्निर्माण सन्तोषजनक भएको दाबी तर, पीडितले पीडा पोख्न छाडेनन्

हेटौंडा / २०७२ बैशाख १२ गते विनाशकारी भूकम्पको चार वर्ष पुगेको छ । चार वर्षअघि आजकै दिन हजारबढीले ज्यान गुमाए भने लाखबढी घरवारबिहिन बने । भूकम्पपीडित अझै पीडा पोखिरहेका छन् । जाडो वा गर्मी, हिउ“द वा वर्खा हरेक वर्ष दुखैदुख झेल्नु परेको पीडा सुनाउन छाडेका छैनन् पीडितले । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र तीनै तहका सरकारले तीब्रगतिमा पुनर्निर्माण भइरहेको दाबी गरिरहेका छन्, तर पीडितको पीडा सुन्दा सरकारको तथ्याङ्क ओझेलमा परेको छ ।
मकवानपुरको सवालमा २०७२ भूकम्पपछि पुनर्निर्माणका लागि ४४ महिनामा मकवानपुरमा ७ अर्ब ४५ करोड ३५ लाख खर्च भइसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्लामा स्थापना गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) र शिक्षाले मकवानपुरमा ४४ महिनामा ७ अर्ब ४६ करोड ३५ लाख खर्च गरेको जनाएको हो । इकाईले नीजि आवास निर्माणतर्फ आर्थिक वर्ष २०७३/०७४, ०७४/०७५ र चालु आव २०७५/०७६ को पुससम्म ५ अर्ब ५ करोड १३ लाख, तत्कालीन गाविस भवन निर्माणमा ५० लाख, खानेपानी, सिचाईं, सडकलगायत ३८ वटा सानाठुला योजनामा १ करोड ७१ लाख खर्च भइसकेको जनाइएको हो ।
त्यसैगरी शिक्षातर्फ १ हजार ९ सय पुर्णक्षति भएको कक्षा कोठा मध्ये चालु आवको हालसम्म १ हजार २ सय ७४ वटा निर्माण भइसकेको अधिकृत प्रेम केसीले जानकारी दिए ।
उनका अनुसार विद्यालयका ध्वस्त कक्षा कोठामध्ये ६ सय २६ वटा मात्र निर्माण गर्न बा“की छ । विद्यालय व्यवस्थापन समिति मार्फत ६ सय ४०, टेण्डर प्रक्रियामार्फत ५ सय २० र विभिन्न संघसंस्थाको सहयोगमा १ सय १४ वटा कक्षा कोठा निर्माण गरिएको केसीले बताए । अधिकृत केसीले विद्यालयको सम्पूर्ण पुनर्निर्माणका लागि हालसम्म २ अर्ब ३८ करोड १ लाख खर्च भइसकेको जानकारी दिए ।पूर्ण क्षति भएको अधिकांश पीडितले अझै तेस्रो किस्ता पाएका छैनन् । मकवानपुरका १८ हजार ३ सय १८ जना पीडितले मात्र तेस्रो किस्ता पाएका छन् । सर्वेक्षण गरिएको ९० हजार ९ सय ९४ पीडितमा ३३ हजार ९ सय ७४ जना पहिचान भएका पूर्णक्षती लाभग्राही मध्ये ३५ प्रतिशतले मात्र तेस्रो किस्ता पाएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । पहिचान भएका कुल लाभग्राहीमध्ये ७६ प्रतिशतले पहिलो र ५४ प्रतिशतले दोस्रो किस्ता लिइसकेका छन् ।
भूकम्पबाट सबैभन्दा बढी क्षती भएको मकवानपुरको उत्तरी क्षेत्र नामटारका बासिन्दाले अझै पनि पीडा भुल्न सकेका छैनन् । सरकारको उपस्थिती न्यून रह“दा उनीहरुको गुनासो सुन्ने निकाय नै विलिन भए सरह भएको छ । अहिलेसम्म स्थायी बसोबासको टुङ्गो छैन् झिरघारीकी कमला रुम्बाले भावुक हु“दै भनिन् । भूकम्पले घर लडाएको चार वर्ष बित्यो, न सरकारले घर बनाइदिन सक्यो न त आफुले नै । टाउको लुकाउने झुप्रो जसोतसो बनाइयो उनले बेदना सुनाउ“दै भनिन् राहत रकम सान्त्वना दिने माध्यम मात्र बन्यो दरिलो घर नहु“दा अझैपनि प्राकृतिक प्रकोपको डर हट्न सकेको छैन ।
उनी भन्छिन् शरिर लुकाउने ठाउ“ त छ तर, कति दुःख काटेका छौं मलाई मात्र थाहा छ । प्रकृतिले जस्तै सरकारले पनि धोका दिएको संज्ञा दि“दै कमला भन्छिन् अब त पक्की घर बनाउने आशै मरिसक्यो । जीवनमा एक पटक घर बनाएर ढुक्क नहुने अवस्था नरहेको बताउ“दै कमलाले भूकम्पपछि घर बनाउने सपना अधुरै रहेको दुःखेसो गरिन् । कमलाको जस्तै दुखेसो पोख्छन् शिवराम भोम्जन । उनको पनि पक्की घर बनाउने सपना अहिलेसम्म साकार हुन सकेको छैन् । जाडोमा बाड्नु पर्ने न्यानो कपडाको रकम गर्मीमा बाड्ने सरकारबाट पक्की घर बनाउन पुग्ने रकम पाउने आशै छैन् शिवराम भन्छन् ।
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा २०७२ भूकम्पपछिको पुनर्निर्माण अबस्था चित्तबुझ्दो पाइएको छ । थाहा नगरले आफ्नो आधिकारीक वेवसाइडमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म २ हजार ४ सय ४५ लाभग्राहीले मात्र तेस्रो किस्ता पाएका छन् । जिल्लाभरको तुलनामा सबैभन्दा बढी क्षति भएको थाहामा पहिचान गरिएका ६ हजार ७ सय २७ लाभग्राही मध्ये ४ हजार ५ सय ४२ ले पहिलो र ४ हजार २ सय ६० जनाले दोस्रो किस्ता पाएको स्थानीय पुनर्निर्माण योजनाको तथ्याङ्कमा उल्लेख छ ।
थाहाले पहिचान गरिएको सबै लाभग्राहीस“ग अनुदान सम्झौता गरेको थियो । तर, चालु आवमा माघ मसान्तसम्म २ हजार १ सय ८५ लाभग्राहीले पहिलो किस्ता पाएका छन् । थाहाले पहिलो किस्ता माग गरेको ५ हजार ९ सय ५० जना लाभग्राही मध्ये अझै १ हजार ४ सय ८ लाई किस्ता दिन बा“की छ । पहिलो किस्ता पाएका सबै लाभग्राहीको प्रमाणिकरण गरेर अब १ हजार ६ सय ५५ लाभग्राहीलाई दोस्रो किस्ता उपलब्ध गराउन बा“की रहेको थाहा नगरले जनाएको छ । तेस्रो किस्ता माग गरेका ४ हजार २ सय ६० स“ग सम्झौता गरेपछि २ हजार ४ सय ४५ लाई उपलब्ध गराएर अब १ हजार ८ सय १५ लाभग्राही बा“की रहेको तथ्याङ्कमा उल्लेख छ ।
थाहामा हालसम्म २ हजार ७६ जना पीडितको गुनासो दर्ता भएको छ । तीमध्ये ५ सय ८२ को फस्र्यौट गरेर १ हजार ४ सय ९४ जना पीडितको गुनासो बा“की रहेको जनाइएको छ । तथ्याङ्क अनुसार ३ सय ५९ जना लाभग्राही गुनासोमार्फत आएका छन् । गुनासो मध्ये २ सय २३ जना पीडितको प्रवलिकरण गरिसकेको छ । थाहाले जोखिम बस्ती स्थानान्तरणको सवालमा ७ वटा बस्तीमा अध्ययन गरेर २ वटा बस्ती संरक्षण गर्ने तरखरमा जुटेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । उनले स्थानीय सरकार गठनपछि पुनर्निर्माण र पीडितको गुनासो सम्बोधनमा थाहा नगरले चासो देखाएको दाबी गरे ।
जिल्लाभर भूकम्पबाट ४७ जनाको मृत्यु भएको थियो । २०७२ बैशाख १२ गतेनै ४७ जनाको मृत्यु भएको हो भने त्यसपछिका पराकम्पनबाटसमेत १ सय ९० जना घाइते भएका थिए । सदरमुकाम हेटौंडामा मात्र ७ जनाको मृत्यु भएको थियो । हेटौंडाभर ३३ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको उत्तरी क्षेत्र नामटारमा सबैभन्दा बढी १० जनाले ज्यान गुमाएका थिए । नामटारमा २० जना घाइते भएको तथ्याङ्क छ ।
हेटौंडा सन्देश दैनिकमा मुख्य समाचार छापिएको छ ।