रातभरि खोज्दा पनि ट्रमा सेन्टरले अक्सिजन पाएन, १ सय ५ जना बिरामी जोखिममा

जनपत्र
३० बैशाख २०७८, बिहीबार ०९:३०

काठमाण्डाै – काठमाण्डौको ट्रमा सेन्टरमा अक्सिजन अभाव हुँदा एक सय ५ जना विरामीको ज्यान जोखिममा परेको छ ।

ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेल र कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले रातभरि विभिन्न ठाउँमा गएर अक्सिजनको जोहो गर्ने प्रयास गरे पनि सफल नभएको जानकारी दिनुभयो ।

‘हामीले रातभरि विभिन्न ठाउँमा गएर एम्बुलेन्समार्फत अक्सिजन जोहो गर्ने प्रयास गर्यौँ तर कतै पनि पाइएन हामीकहाँ रहेका एक सय ५ जना बिरामी जोखिममा हुनहुुन्छ’, कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले भन्नुभयो ।

ट्रमा सेन्टरले अक्सिजन ल्याउने शंकर अक्सिजन उद्योग बालाजुमा रातभरि कुर्दा पनि अक्सिजन पाउन नसकिएको उहाँको भनाइ छ । भर्ना भएका एक सय ५ जनालाई नै हाइ फ्लो अक्सिजन दिनुपर्नेमा अहिले न्यूनतम मात्रामा दिएर राखिएको र आठ बजेपछि ठप्पै हुने अवस्था रहेको उहाँले बताउनुभयो ।

ट्रमा सेन्टरमा दैनिक चार सय सिलिण्डर अक्सिजन चाहिनेमा सीसीएमसीले १ सय ५० वटाको कोटा तोकिदिएको र एक सय ५० वटा सिलिण्डर पाउन पनि मुस्किल रहेको केसीले बताउनुभयो ।

यो समाचार हामिले उज्यालो अनलाइनबाट साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*